अछामको रामारोशनमा बाढीले बगाएका १७ जनाको परिचय खुल्यो (नामसहित)

अछामको रामारोशनमा बाढीले बगाएका १७ जनाको परिचय खुल्यो (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाको बाढीले बगाएका १७ जनाको परिचय खुलेको छ ।मंगलबार राति आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर–५ सैनिबजारबाट बगाएका १७ जनाको परिचय खुलेको हो ।

वेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको र शविको पहिचान हुन नसकेको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए ।  बाढीले नदी किनारमा रहेका १६ वटा घर बगाएको छ । क्षतिको पूर्ण विवरण अझै नआइसकेको प्रहरीले जानकारी दिएको छ ।

यी हुन् बाढीमा परी बेपत्ता भएकाहरूः
१. चन्द्र बहादुर साउद २. वसुन्धरा साउद ३. नन्द सिं साउद ४. गंगा साउद ५. रुपेश साउद ६. जोगा साउद ७. नवीन साउद ८. कविता बुढा साउद ९. अमर ब शाह १०. पवित्रा शाह ११. समिर शाह १२. लालसरा शाही १३. बसन्त शाही १४. गौरी शाह १५. सम्झना शाह १६. प्राप्ति साउद १७. बिमा साउद