एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिदै

एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् ।

चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडले अनुहार र शरीरका विभिन्न भाग जलेदेखि नै सङ्गीता पीडामै हुनुहुन्छ । एसिड आक्रमणपछि उहाँको पाँच पटक शल्यक्रिया भयो तर अझै दस पटक शल्यक्रिया गर्न बाँकी छ ।

उहाँले अझै सामान्य हुन सकिरहेकी छैन । पछिल्लो समय आँखामा समस्या देखिएको छ । आफूले जस्तै अरूले हिंसा खेप्न नपरोस् भन्ने चेतना जगाउन लड्दैछु भन्नुभयो । जुन बेला उहाँमाथि एसिड आक्रमण भयो त्यो बेला नेपालको कुनै पनि कानुनमा एसिडले आक्रमण गर्दा कस्तो न्याय दिने वा कस्तो कारबाही चलाउने भन्ने उल्लेख थिएन । त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो ।

मुख्य कानुनी प्रावधानको अभाव रहे पनि अदालतले जीवनलाई हदैसम्मको काराबास सजाय सुनायो । पीडक कारागारमा छ, उहाँ भने सामाजिक न्याय खोज्दै हुनुहुन्छ । उतिबेला कानुनमा क्षतिपूर्ति र उपचारको कुनै व्यवस्था नहुँदा अहिलेसम्म कुनै राहत पाउनुभएको छैन ।

समाजमा पुनस्र्थापना हुन सङ्घर्ष चल्दै गर्दा शरीरको पीडाले बेलाबेला झस्काइरहन्छ । ऊ एसिड छ्यापिएकी सङ्गीता त्यही हो, हेर त कस्तो अनुहार बिग्रिएछ यस्तै भनाइ दिनहुँ सुन्नुपर्छ । जेनी खड्कालाई पनि कमलपोखरीमा २०७६ जेठ १ गते उहाँलाई विष्णु भुजेलले एसिड छ्यापे । उहाँ कानुनी कारबाही अदालतमा चल्दैछ । मलाई अदालतले मेरो पीडाको त्यो पल सोध्दैन । अहिलेको अवस्था कस्तो छ भनेर मात्र सोध्छ भन्नुहुन्छ ।

अनुहारको केही भाग र छाती लगायत अन्य स्थानमा परेको एसिडको असर केही कम हुँदैछ । एसिड प्रहार हुँदा प्लास्टिक झैँ पग्लेको अनुहार र शरीर आफ्नो जस्तै नरहेको पीडा उहाँको आँखा र मुहारमा झल्कन्छ । एसिड छ्यापेर त्यस्तो हुँदा पनि अझै समाजमै हिँड्न बाध्य हुनु यो उहाँले भोगिरहेको पीडा हो । उहाँ एसिड हान्नेलाई एसिड हान्ने कानुन ल्याउनुपर्छ । अन्य कानुनले पीडकलाई कसरी थाहा दिन्छ कि कति पीडा हुन्छ भन्नुहुन्छ । मागमा आक्रोश पनि छ । एसिड हान्नेले पहिल्यै पाउने सजाय र कानुनको लेखाजोखा गरेरै त्यस्तो कदम उठाउने गरेको दाबी गर्नुहुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Skip This