एसिड आक्रमणकारीलाई फाँसीको सजाय दिन सांसदको माग

एसिड आक्रमणकारीलाई फाँसीको सजाय दिन सांसदको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसदको प्रतिनिधिसभामा किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै सांसदहरुले कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे।

सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म बालिकाले असुरक्षित जीवनयापन गर्नुपर्ने प्रश्न गर्दै भनिन्, ‘अपराध गर्ने व्यक्तिलाई कानुन संशोधन गरेर भए पनि मृत्यु दण्डको सजाय दिइनुपर्छ। म सरकारको ध्यानाकर्षण गराउँदछु।’

घटना भएको जिल्ला पर्साका सांसद प्रदीप यादवले पनि कानुन संशोधन गरेर अपराधीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग गरे। ‘जसरी एसिड पीडित युवती जीवनभर दुःख कष्टमा रहन्छिन्, त्यसैगरी अपराधी जीवनभर जेलमा रहनुपर्छ’, उनले भने।

सांसदहरुले पीडितको उपचार खर्च तथा क्षतिपूर्ती दिन पनि माग गरे।  भदौ २० गते शुक्रबार बिहान विद्यालय जादै गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ बर्षिया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो।