एसिड आक्रमणमा परेकी कार्कीको उच्च शिक्षा अध्य्यनका लागि पूर्ण सहयोग गर्छौं : नेविसंघ

एसिड आक्रमणमा परेकी कार्कीको उच्च शिक्षा अध्य्यनका लागि पूर्ण सहयोग गर्छौं : नेविसंघ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एसिड आक्रमणका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

गत साउन ८ गते सीतापाइलामा ओखलढुंगा घर भएकी पवित्रा कार्की एसिड आक्रमणमा परेकी थिइन् । उक्त घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै पवित्रा कार्कीको उपचारमा सरकारले सहयोग गर्नुपर्ने बताएको छ ।

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले सोमबार विज्ञप्तिमार्फत एसिड आक्रमणबाट घाइते भई कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीको उपचारका लागि राज्यले सम्पूर्ण खर्चको व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

‘कार्कीको उपचारमा राज्यले चासो नदेखाउनु गैरजिम्मेवारीपना र उदेकलाग्दो हो । निजको निःशुल्क रूपमा सम्पूर्ण उपचार गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्दछौं,’ उनले भनेका छन् ।

त्यस्तै उनले १२ कक्षा उत्रीर्ण गरेकी पवित्राको बाँकी उच्च शिक्षा अध्ययनका लागि नेविसंघ केन्द्रिय समितिले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।