अभिनेत्री दिव्या चौकसेको निधन


एजेन्सी – भारतीय नायिका तथा गायिका दिव्या चौकसेको निधन भएको छ । विगत एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी दिब्याको आइतबार निधन भएको हो ।

दिव्याकी दिदी सौम्या अमिश वर्माले दिब्याको मृत्युबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् ।

उनले सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला टेकेकी थिइन् ।

दिव्याले पनि इन्स्टाग्राममा अन्तिम मेसेज लेख्दै भनेकी छन्, ‘म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्याधिक छन् तर पनि कम छन् । म गायब भएको थुप्रै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ ।

म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैय्यामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोस् । तपाईंहरु मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement