कोरोना संक्रमणबाट अभिनेता निकको निधन


एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण क्यानेडियन कलाकार तथा रंगकर्मी निक कोर्डेरोको निधन भएको छ ।कोरोना संक्रमण देखएिपछि ३ महिनाअघि अस्पताल भर्ना गरिएका निकको आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

निकको लस एन्जल्सको एक अस्पतालमा निधन भएको जनाइएको छ । कोर्डेरोलाई आकस्मिक कक्षमा राखेर उपचार गराइएको थियो । उनको निधनपछि सेलिब्रेटी र फ्यानले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अ स्टान्ड अप गाइ, मोब टाउन, इन्साइड गेम लगायतका फिल्ममा समेत अभिनय गरेका निकको ४१ वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement