अभिनेता टम ह्यान्क्स ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’द्धारा सम्मानित

अभिनेता टम ह्यान्क्स ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’द्धारा सम्मानित


एजेन्सी – हलिउड अभिनेता टम ह्यान्क्स ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’द्धारा सम्मानित भएका छन् । अमेरिकाको गोल्डेन ग्लोब्समा भर्खरै सम्पन्न कार्यक्रममा टमको ३० वर्षे लामो सिनेमा यात्राका लागि लाईफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरिएको हो ।

६३ वर्षे टमलाई सेसिल बि. डिमिल अवार्डले सम्मानित गरिएको थियो । यो अवार्ड वार्षिकरुपमा लामो समय सिनेमामा प्रभावशाली योगदान दिने सिनेकर्मीलाई प्रदान गर्ने गरिन्छ ।

टमअघि यस अवार्डबाट स्टेभन स्पेलवर्ग, मेर्ली स्ट्रिप, ओफ्रा विन्फ्रे, जेफ ब्रिजेज् र ह्यारिसन फोर्ड सम्मानित भइसकेका छन् । टम यस संस्करणको गोल्डेन ग्लोब्स अवार्डमा ‘अ ब्यूटिफूल डे इन द नेभरहुड’ सिनेमाबाट सह–अभिनयका लागि प्रतिष्पर्धीसमेत थिए ।