काठमाण्डु – विपक्षी कानुन व्यवसायीहरुले दुई जना न्यायाधीशले संवैधानिक इजलास छाड्नुपर्ने माग राखेपछि विवाद उत्पन्न भएको छ ।
प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सुनुवाईका लागि गठन गरिएको संवैधानिक इजलासमा विवादित न्यायाधीशलाई नियुक्त गरेको भन्दै विपक्षी कानुन व्यवसायीहरुले विरोध गरिरहेका छन् ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले संवैधानिक इजलास छोड्नुपर्ने माग राखेपछि विवादले उग्र रुप लिएको हो ।
सोमबार सर्वोच्च अदालतमा भएको बहसमाथि आन्तरिक छलफल भएको थियो । तर, छलफलका क्रममा एक मत हुन नसक्दा आज कुनै पनि जारी हुन सकेन ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग छलफल गरेका थिए । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय केसी र श्रेष्ठलाई इजलासमा राख्ने वा नराख्ने भन्ने विषयमा भोली संवैधानिक इजलासमा आदेश सुनाउने स्रोतले जानकारी दियो ।




प्रतिक्रिया