प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ हुँदै, दुई न्यायाधीशले लिखित राय पेश गर्ने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धाको सुनुवाइ हुँदै, दुई न्यायाधीशले लिखित राय पेश गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्न गठित संवैधानिक इजलास आज बस्दै छ । दुई दिनसम्म स्थगित भएको इजलास आज बस्न लागेको हो ।

आज दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु इजलासमा बस्न नमिल्ने भनी सरकार पक्षले दिएको निवेदनमाथि आफ्नो लिखित राय पेश गर्ने भएका छन् ।

सरकार पक्षका कानुन व्यवसायीले निष्पक्ष न्यायमा शंका गर्दै उनीहरुले इजलास छाड्नुपर्ने बताउँदै आएका थिए । सर्वोच्च अदालत स्रोतका अनुसार न्यायाधीश कार्की र भट्टराईले आफूहरुमाथि उठेका प्रश्नको सन्दर्भमा लिखित राय तयार पारेका छन् ।

कहिले रिट निवेदक पक्ष र कहिले सरकार पक्षले न्यायाधीशमाथि प्रश्न गरेकै कारण संवैधानिक इजालस मुद्धामा केन्द्रित हुन सकेको छैन ।