प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश

प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – मधुवनी जिल्लाको एक अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई कुटेका छन् । बिहीबार उक्त जिल्लाको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एकजना न्यायाधीशलाई निर्घात कुटेका हुन् ।

दुईजना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरूले न्यायाधीशमाथि बन्दुक तेर्साएर डराएको जनाइएको छ । सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए ।

पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी विक्षिप्त भएको बताइएको छ । प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरूलाई पनि कुटेका थिए ।