काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोेकेका छन् । उनले एउटा एकल र ९ संयुक्तसहित १० इजलास तोकेका हुन् । प्रधाननयायाधीश राणाले आफूलाई भने पेसी तोकेका छैनन् ।
प्रधानन्यायाधीश राणाले प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोक्दा न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा.कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोकेका छन् ।
आजबाट गोलाप्रथाबाट इजलास तोकिने भनिएतापनि त्यो हुन सकेन । गोलाप्रथा लागू गर्न संशोधन गरिएको सर्वोच्च अदालत नियमावली सोमबार राजपत्रमा प्रकाशित भएसँगै अदालतमा गोलाप्रथाद्वारा पेसी तोक्न बाटो खुलेको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्ने मिति तोकिने छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए । उनीहरुको मागलाई सम्बोधन गर्दै फूलकोर्ट बैठकले सर्वोच्च अदालत नियमावली संशोधन पारित गरेको हो ।




प्रतिक्रिया