अब कैदीबन्दीले पनि भोट हाल्न पाउने, सर्वोच्चले दियो यस्तो आदेश

अब कैदीबन्दीले पनि भोट हाल्न पाउने, सर्वोच्चले दियो यस्तो आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न आदेश जारी गरेको छ ।

‘काठमाण्डु स्कुल अफ ल’ का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको इजलासले आगामी प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई समानुपातिकतर्फ भोट हाल्ने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

उनीहरुले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए । अदालतको यो आदेशसँगै अब आगामी निर्वाचनमा कैदीबन्दीले पनि भोट हाल्न पाउने भएका छन ।