आज देशभरका अदालत बन्द

आज देशभरका अदालत बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (आइतबार) देशभरका अदालत बन्द गरिएको छ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको शोकमा आज देशका सबै न्यायालय बन्द गरिएका हुन् ।

९६ वर्षीय खत्रीको गत बुधबार निधन भएको थियो । सर्वोच्च अदालतको शनिबार सम्पन्न आकस्मिक पूर्ण बैठकले सर्वोच्चसहित देशभरका उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा न्यायाधीकरणहरू आइतबार एक दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

१९८० असोज ३ गते ललितपुरमा जन्मेका खत्री कानुन मन्त्रालयको सचिव हुँदै २०१६ मा सर्वोच्चको न्यायाधीश पदमा नियुक्त भएका थिए । २०३३ सालमा प्रधानन्यायाधीशमा नियुक्त खत्री २०४२ सालमा सेवा निवृत्त भएका थिए ।