आफुसहित प्रधानन्यायाधीशले तोके १० इजलास

आफुसहित प्रधानन्यायाधीशले तोके १० इजलास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – न्यायाधीशहरुको असन्तुष्टीकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै खालका मुद्दामा पेसी तोकेका छन् । उनले आज मंगलबारका लागि आफ्नो एकल इजलाससहित १० वटा इजलास गठन गरेका हुन् ।

जसमा ९ वटा संयुक्त इजलास तोकिएका छन् । यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले आन्दोलन थालेपछि सर्वाेच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित हुँदै आएको छ ।

पछिल्लो एक साताबाट बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका न्यायाधीशहरू अन्य मुद्दा नहेर्ने अडानमा छन् । तर प्रधानन्यायाधीश जबराले पेलेरै जाने निष्कर्षसहित आज लागि सबै खालका मुद्दामा पेसी तोकेका हुन् ।