बिहीबार नेपाल बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्च पास गर्ने

बिहीबार नेपाल बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्च पास गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायधीशको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले बालुवाटारसम्म मार्च पास गर्ने भएको छ । बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा पर्सि बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ गर्न लागिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

आज मङ्गलवार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको थियो । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यसमेत संलग्न रहने जानकारी दिए । अध्यक्ष श्रेष्ठले भोलि बुधबार देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने बताए ।