प्रधानन्यायाधीशले तोके एकल इजलास, २८ वटा मुद्दाको सुनुवाई गर्दै

प्रधानन्यायाधीशले तोके एकल इजलास, २८ वटा मुद्दाको सुनुवाई गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि मुद्दा सुनुवाइका लागि एकल इजलास तोकेका छन् ।

बुधबार आफ्नो इजलासबाट ५ मुद्दामा आदेश जारी गरेका जबराले आज भने आफ्नो मात्रै एकल इजलास तोक्दै २८ वटा मुद्दामा सुनुवाई गर्ने भएका हुन् । सर्वोच्चका अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरिरेका बेला प्रधानन्यायाधीश जबरा भने एकल इजलासमा पेसी राखेर मुद्दाको सुनुवाई गरिरहेका छन् ।

बिहीबार प्रधानन्यायाधीश जबराले प्रसिद्ध समृद्ध इन्भेष्टमेन्ट एण्ड बिल्डर्स प्रालि, टासी सान्डुप गुरुङ र सान्डुप घले भन्ने सान्डुप गुरुङको लागु औषधसम्बन्धी मुद्दा, शेख सम्सुर एलोनको लागूऔषध मुद्दा तथा उत्प्रेषणसहितको माग गरिएको अन्य मुद्दाहरु रहेका छन् ।

प्रधानन्यायाधीश राणामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ। राजीनामाको माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गरिरहेका छन्।

यस्तै नेपाल बार, सर्वोच्च बार तथा केही पूर्वप्रधानन्यायाधीशहरुले उनको राजीनामा मागेका छन्। तर प्रधानन्याधीश राणाले भने आफूले कैसको दबाब र प्रभावमा आएर राजीनामा नदिने अडान लिएका छन्।