काठमाण्डु – सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातमा मुटुको समस्या रहेकाले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
साथै उनी र उनको परिवारमा कोरोना संक्रमण पुष्टि भएको अवस्थामा मानवीय दृष्टिले अनुचित हुने भएकाले रिहा गर्न आदेश दिएको हो । उनी हाल डिल्लीबजार कारागारमा थुनामा छन् ।
ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।






प्रतिक्रिया