काठमाण्डु – नेपाल प्रहरीको आईजीपी बढुवा विवादमा आइतबार सर्वोच्चमा सुनुवाई जारी छ विवादमा आइतबार सर्वोच्चमा सुनुवाई जारी छ ।
सरकारले वरियता मिच्दै आफुभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजी बनाएपछि एआईजी विश्वराज पोखरेलले मुद्दा दर्ता गरेका थिए ।
पेखरेलका तर्फबाट अधिवक्ता पूर्णमान शाक्य र राधेश्याम अधिकारीले बहस गरिसकेका छन् । त्यसपछि जारी बहसमा आएका अधिवक्ता हरि उप्रेतीले आईजीपी धीरजप्रताप सिंह छोटो समयमै असफल भइसकेको बताए ।
‘धीरजप्रतापले यसअघि देखाउन लायक एउटा कुनै काम गरेका छैनन्। त्यही भएर उनले आईजी भएको १२ दिनपछि भएको स्थानीय तह निर्वाचन सुरक्षामा गरेको काम लिखित जवाफमा पेश गरेका हुन्’, उनले भने, ‘उनले आफ्नो क्षमता चुनावमा खेलेको भूमिकाले पुष्टि गर्छ ।’
विश्वराजले १७ महिनामा गर्न नसकेको त्यस्तो कुनै काम धीरजले एक महिनामा गर्न नसकेको उनले बताए । ‘उनले के गरे त्यस्तो ? विश्वले १७ महिनामा गर्न नसकेको एक महिनामा त्यस्तो छ भने अहिले आईजीको लाइनमा भएकाले पनि बुझ्न पर्छ के गर्दा आईजीपी भइने रहेछ भनेर।’
धीरजमा तल्लो तहका अधिकृत र जवानहरुलाई प्रोत्साहन गर्ने क्षमता पनि नदेखिएको उनले बताए ।




प्रतिक्रिया