काठमाण्डु – आईजीपी नियुक्तिविरुद्ध एआईजी विशवराज पोखरेलले दायर गरेको रिट निवेदनमाथि आज पनि सुनुवाई हुँदैछ ।
बुधबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पहिलो सुनुवाई सुरु भएको रिट निवेदनमाथिको बहस नसकिएपछि बिहीबारसम्मलाई हेर्दाहेर्दैमा राखिएको थियो । आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले उक्त निर्णय खारेज गर्न परमादेशको माग गरेका छन् । पाेखरेलले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी सिंहलाई विपक्षी बनाएका छन् ।
सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए ।




प्रतिक्रिया