आईजीपी नियुक्ति विवाद मुद्दामा अन्तिम सुनुवाइ सुरु, सहन्यायाधिवक्ता भण्डारीले थाले बहस

आईजीपी नियुक्ति विवाद मुद्दामा अन्तिम सुनुवाइ सुरु, सहन्यायाधिवक्ता भण्डारीले थाले बहस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।

एआईजी विश्वराज पोखरेलले आफुभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी बनाएको दावीसहित बैशाख १९ गते सर्वोच्चमा दायर गरेको रिटमाथि आज सरकारी वकिलहरुले बहस सुरु गरेका हुन् ।

सो रिटमाथि अन्तिम सुनुवाइ जेठ ३० गतेबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुरू भएको थियो ।

तर मुद्दाको बहस नसकिएपछि यसअघि दुईपटक हेर्दाहेर्दैमा राखिएको थियो । आजको पेशीमा आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेका हुन् ।