काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि नौ इजलास तोकेका छन् । आफ्नो लागि कुनै इजलास नतोकेका प्रधानन्यायाधीश राणाले बुधबारका लागि दुई एकल र सात संयुक्त सहित ९ इजलास तोकेका हुन् ।
आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले १८६ वटा मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । यसैबीच नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश राणले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको छ ।




प्रतिक्रिया