काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफूसहितका ९ वटा इजलास तोकेका छन् । १ सय ७७ वटा मुद्धामा राणाले आफ्नो एकल सहितका इजालस तोकेका हुन् । उनले तीन जना न्यायाधीशको पूर्ण इजलास तोकेका छन् ।
राणाले न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन् ।
यता न्यायाधीसहरुले भने बन्दी प्रतक्षीकरणबाहेकका मुद्धा नहेर्ने जनाउदै आएका छन् । उनीहरुले आज पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतसहित काठमाण्डु उपत्यकाका सकै अदालतमा दिएका छन् ।




प्रतिक्रिया