जनकपुर – उच्च अदालत जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीको स्वाब संकलन गरिएकोमा शुक्रबार उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाराईका अनुसार संक्रमित न्यायाधीश हाल क्वार्टरमै सेल्फ क्वारेन्टिनमा बसिरहेका छन् ।
यता न्यायाधीश संक्रमित भएपछि उच्च अदालत जनकपुरले निश्चित काम–कारबाहीबाहेक अन्य सबै काम साउन ३१ गतेसम्मका स्थगित गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया