फुलकोर्ट बैठक बस्दै, यस्ता छन बैठकका एजेण्डा

फुलकोर्ट बैठक बस्दै, यस्ता छन बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बैठक आह्वान गरेका छन् । न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न उनले अपराह्न २ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गरेको जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकर गरेका कार्कीले सो बैठक बोलाएका हुन् ।

उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।