तारेख लिन सेवाग्राहीले अदालत धाउन नपर्ने, अनलाइनबाटै लिन मिल्ने

तारेख लिन सेवाग्राहीले अदालत धाउन नपर्ने, अनलाइनबाटै लिन मिल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अब सेवाग्राहीले तारेख लिन अदालत धाइरहन नपर्ने भएको छ । विशेष अदालतको चैत १३ गतेको पूर्ण बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी सेवाग्राहीले अनलाइन तारेख लिन सकिने निर्णय गरेको हो ।

आफूलाई पायक पर्ने उच्च अदालत र जिल्ला अदालतबाट अनलाइन तारेख लिन सकिने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।

यसैबीच सर्वोच्च अदालतले आइतबार देशभरका उच्च अदालत र जिल्ला अदालतलाई अनलाइन तारेख सम्बन्धमा आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरण गर्न परिपत्र गरेको छ ।

 सर्वोच्च अदालतबाट जारी सूचना प्रविधिको प्रयोग (अनलाइन) बाट तारेख लिने सम्बन्धमा निर्देशिका २०७२ जारी गरेको लामो समय भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । विशेष अदालतले सो निर्णय गरेसँगै अव मुद्दाका पक्षहरूले तारेख लिन अदालत धाइरहनुपर्ने बाध्यताको अन्त्य हुँनेछ ।