काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनको धर्ना आज पनि जारी छ ।
२३ दिनदेखि आन्दोलनरत बारले मंगलबार बिहान सर्वाेच्च अदालतमा धर्ना सुरु गरेका हो । आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्द रहे पनि बारले आन्दोलनरतलाई निरन्तरता दिएको हो ।
प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।
सर्वाेच्चका न्यायाधीश पनि जबराले मार्गप्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् । यसैबीच नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।
राजीनामाको चर्को दवाब पर्दासमेत राणाले आफूलाई गैरकानूनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा धारणा बनाउन उनीहरू छलफलमा जुटेका हुन् ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र राणाबाहेकका असन्तुष्ट सबै न्यायाधीश छलफलमा जुटेका छन् ।
सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो ।




प्रतिक्रिया