सर्वोच्चमा वकिल र प्रहरीबीच झडप, १० जना घाइते

सर्वोच्चमा वकिल र प्रहरीबीच झडप, १० जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीहरूबीच झडप भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा रोक्न भन्दै कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको गेटमा धर्ना दिन लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।

मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश राणाले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्दै आएका छन् ।वैकल्पिक गेट अगाडी बसेर वकिलहरुले धर्ना दिन खोजिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा भएको झडपमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १० भन्दा बढी घाइते भएका छन् । अहिले सर्वोच्च परिसरमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।