न्यायाधीशहरुको धर्नामा प्रहरीको हस्तक्षेप, भोलि सम्पूर्ण बेञ्च बहिष्कार गर्ने बारकाे घोषणा

न्यायाधीशहरुको धर्नामा प्रहरीको हस्तक्षेप, भोलि सम्पूर्ण बेञ्च बहिष्कार गर्ने बारकाे घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि (शुक्रबार) सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ ।

बिहीबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच झडप भएपछि प्रहरी दमनको विरोधमा शुक्रबारको सम्पूर्ण इजलास बहिष्कार गर्ने घोषणा गरिएको बारका महासचिव लिलामणि पौडेल जानकारी दिए ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसोसियसन विगत १० दिनदेखि निरन्तर आन्दोलनमा छन् । सोही क्रममा सर्वाेच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको हो ।

घम्साघम्सीका क्रममा पाँच जना कानुन व्यवसायी समेत घाइते भएका छन् । शुक्रबार सर्वाेच्चको सबै इजलासको बहस पैरवी बहिस्कार गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी दिए ।