बन्दीका रिटमा सुनुवाई गर्न इजलासमा फर्किए न्यायाधीश, चार मुद्दामा आदेश जारी

बन्दीका रिटमा सुनुवाई गर्न इजलासमा फर्किए न्यायाधीश, चार मुद्दामा आदेश जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीहरुले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ सुरु गरेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्न गठन गरेका नौवटा इजलासमा असन्तुष्ट न्यायाधीशहरूले सुनुवाइ सुरु गरेका हुन् ।

तिहार बिदाअघि अन्तिम दिन भएको र सुनुवाइ नगर्दा बन्दीहरू मर्कामा पर्ने भन्दै उनीहरु इजलासमा बसेका हुन् । नौमध्ये चार इजलासले रिटमा सुनुवाइ गरेर आदेशसमेत जारी गरिसकेका छन् भने अन्य इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए ।

राणाको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्चका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइ नगर्ने भन्दै इजलास बहिस्कार गर्दै आएका छन् ।बुधबार भने तिहार बिदाअघिको अन्तिम दिन भएको, प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएकोलगायतका कारण देखाएर उनीहरु सुनुवाइमा सहभागी भएका हुन् ।