काठमाण्डु – सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीको रिपोर्टीङ गर्न पत्रकारलाई निषेध गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै काननु व्यवसायीको जारी आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारलाई निषेध गरिएको हो ।
आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएकामा सोमबारदेखि भने प्रहरीले प्रवेशमा रोक लगाएको हो ।सर्वोच्च परिसरमा सुरक्षामा खटिएका प्रहरीले पत्रकारहरुलाई प्रवेश गर्न नदिनु भन्ने निर्देशन रहेको भन्दै रोक लगाएको हो ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध दुई सातादेखि कानुन व्यवसायीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबरा राजीनामा नदिने अडानमा छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालतबाट सुरु भएको आन्दोलन पछिल्लो समय देशभरका अदालतमा पुगेको छ ।




प्रतिक्रिया