नेपालमा विद्युत प्रशारणका लागि एडीबीको १५ अर्ब ४६ करोड सहयोग

नेपालमा विद्युत प्रशारणका लागि एडीबीको १५ अर्ब ४६ करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंः एसियाली विकास बैंक (एडीबी) ले नेपालमा विद्यत् प्रसारणका लागि साढे १५ अर्ब उपलब्ध गराउने भएको छ।

 

विद्युत प्रशारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि उपलब्ध हुने १५ अर्ब ४६ करोड सहुलियत ऋणमध्ये करिब २१ लाख अनुदान रहनेछ। ऋण सहायतासम्बन्धी सम्झौतापत्रमा आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरे।

 

 

 

परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरेका छन्।

 

परियोजनाअन्तर्गत काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिने जनाइएको छ।