प्रधानमन्त्रीका एडीसी शाहीलाई नेपाली सेनाले प्रहरीसमक्ष उपस्थित गरायो

प्रधानमन्त्रीका एडीसी शाहीलाई नेपाली सेनाले प्रहरीसमक्ष उपस्थित गरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – जुवाखालबाट समातिएका प्रधानमन्त्री केपी शर्मा ओलीका एडीसीलाई अनुसन्धानका लागि नेपाली सेनाले प्रहरीमा उपस्थित गराएको छ । गत कात्तिक १५ गते जुवा खालबाट समातिएका प्रधानमन्त्री ओलीको एडीसी भनिएका नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जमा उपस्थित गराइएको नेपाली सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै जानकारी राएको हो ।

‘कार्तिक १५ गते काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं १० सामाखुशीस्थित खरीबोट ईलाकाबाट जुवामा संलग्न रहेको भनि नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जंगी अड्डामा बुझाइएका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि आज प्रहरी समक्ष उपस्थित गराइएको छ । अनुसन्धानको लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट सेनानी राजेन्द्र शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भई आएकोमा उक्त वृतमा उपस्थित गराइएको हो ।’ सेनाको जारी विज्ञप्तिमा भनिएको छ ।

गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति रहेको स्पष्ट पार्दै सेनाले यस नीतिलाई थप प्रभावकारी बनाउन पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएको उल्लेख गरिएको छ ।