पूर्वअर्थमन्त्री अधिकारीको अन्त्येष्टिमा तीन छोरीले दिए दागबत्ति

पूर्वअर्थमन्त्री अधिकारीको अन्त्येष्टिमा तीन छोरीले दिए दागबत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ-  पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिएका छन्। छोरीहरु लुना, लिमा र लिजाले नेता अधिकारीलाई तीन छोरीले दागबत्ती दिएका हुन।

अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए । उपचारको क्रममा शनिबार बेलुका निधन भएकाे थियो।

अधिकारीको अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो । अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।