अधिवेशनको मुखमा एकीकृत समाजवादी निकट युवा संघमा भाँडभैलो

अधिवेशनको मुखमा एकीकृत समाजवादी निकट युवा संघमा भाँडभैलो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–एकीकृत समाजवादीको युवा संघमा विवाद चर्किएको छ । युवा संघका सह–संयोजक नितेश पौडेलले शनिबार राष्ट्रिय भेला गरी समानान्तर कमिटी निर्माण गरेपछि विवाद सहतमा आएको हो ।

पौडेलले आफू पक्षिय नेता कार्यकर्ताको भेला डाकेर आफैंलाई संयोजक घोषणा गरेपछि थप विवाद उत्पन्न भएको हो ।

कमिटी प्रणालीमा नेतृत्व नचलेको आरोप लगाउँदै पौडेल पक्षले छुट्टै भेला गरेको हो । भेलाले संयोजकमा पौडेल र सह–संयोजकमा फुर्वा लामालाई चयन गरेको छ ।

यता पौडेलले समानान्तर कमिटी बनाएपछि युवा संघका संयोजक कृष्णकुमार विश्वकर्माले पौडेलसहित रोशन थापा र लामालाई कारबाही गरेका छन् ।

असार १६ देखि २० गतेसम्म युवा संघको महाधिवेशन काठमाडौंमा तय भएको छ । अधिवेशन भाड्न अराजकता सिर्जना गर्न खोजेको विश्वकर्मा पक्षको आरोप छ ।

विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सह–संयोजकसहित केही अगुवा कमरेडहरूको अगुवाइमा कथित राष्ट्रिय भेला गरी संगठनभित्र अराजकता सृजना गर्ने उदेश्य राख्दै पार्टी महाधिवेशन भाड्ने दक्षिणपन्थीहरूको मतियार’को रूपमा प्रकट हुन खोजेको देखिन्छ ।’

यस्तै, प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामालगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ । तर, पौडेल पक्षले भने विकले संगठननै कब्जा गर्न खाजेको, संगठनलाई समय नदिएको लगायतका आरोप लगाउँदै लामो समयदेखि समानान्तर अभ्यास गर्दै आएका छन् ।

आगामी असोज पहिलो साता महाधिवेशन गर्ने गरी आयोजक कमिटी गठन गरिएको पौडेल पक्षको भनाई छ । युवा संघका तत्कालीन अध्यक्ष नरेश शाही सुदूरपश्चिम प्रदेश सभामा सांसद चुनिएपछि गत भदौंमा एसले कृष्ण विकलाई संयोजक र नितेशलाई सहसंयोजक तोकेको थियो ।
युवा संघका सह–संयोजक पौडेल अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । संयोजक विक सम्मानित नेता झलनाथ खनाल निकट हुन् । सो विषयमा गएको भदौमा पनि विवाद भएको थियो ।