महिलाले विदेश यात्रा गर्दा परिवारको सिफारिस चाहिने निर्णय गरिएको छैनः अध्यागमन विभाग

महिलाले विदेश यात्रा गर्दा परिवारको सिफारिस चाहिने निर्णय गरिएको छैनः अध्यागमन विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  ४० वर्ष मुनिका महिलाले भिजिट भिसामा विदेश यात्रा गर्दा स्थानीय तहको सिफारिस चाहिने गरी नियम संशोधन गर्न लागेको भनी प्रसारण गरिएका समाचारको अध्यागमन विभागले आपत्ति जनाएको छ ।

अध्यागमन विभागले आज एक विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन कार्यदलमा सुझावका रुपमा आएको विषयलाई निर्णयका रुपमा प्रचार गरिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको जनाएको छ ।

विभागले यस विषयमा हालसम्म कुनै निर्णय नभएको र यस्ता विषयमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारणा र कार्यन्वयन सहजता समेत हेरि नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने जनाएको छ ।

‘खाडी र अफ्रिकी मुलुक जस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राको बारे सामान्य जानकरी समेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानविन कार्यादलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयका बारेमा आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ,’ विभागद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।