‘उच्च स्तरिय राष्ट्रिय सुरक्षा’ तालिम सम्पन्न

‘उच्च स्तरिय राष्ट्रिय सुरक्षा’ तालिम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन भएको उच्च स्तरीय सुरक्षा तालिम सम्पन्न भएको छ ।

फाल्गुन १९ गतेदेखि सञ्चालन भएको उक्त तालिमको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले आज एक समारोहका बीच समापन गरेका हुन् । उक्त समारोहमा समापन मन्तव्य राख्दै शिक्षाध्यक्ष उपरथी हमालले तालिममा सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धि विविध आयामबारे यथेष्ट ज्ञान लिएको विश्वास व्यक्त गरे ।

तालिमबाट प्राप्त ज्ञानले भविष्यमा राष्ट्रिय सुरक्षा सम्बन्धि निती निर्माण तथा कार्यान्वयनमा सहज हुने विचार व्यक्त गर्दै सहभागीहरुलाई हार्दिक बधाई समेत दिदिएका थिए । नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २२ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

हाल विश्वका विभिन्‍न राष्ट्रहरुमा फैलिरहेको कोरोना भाईरस (कोभिड(ज्ञढ) को कारण नेपाल सरकारले सभा, सम्मेलन, भेला, कार्यक्रम नगर्न आव्हान जारी गरे सँगै उक्त भाईरसको जोखिमलाई मध्ये नजर गरि उक्त समापन समारोहमा अन्य विशिष्ट व्यक्तिहरु तथा पाहुनाहरुलाई सहभागी नगराई तालिमका सहभागीहरुको मात्र उपस्थितीमा उक्त तालिमको समापन गरिएको हो । वि.सं.२०७२ सालबाट पहिलो पटक शुरु गरिएको यस तालिममा हालसम्म ११५ जनाले सहभागिता जनाइसकेका छन् ।