काठमाण्डु – नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरकोर्प तथा सीजी एनएक्सटीजीइन ले जीम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न गरेको छ।
जीम्नी मालिकहरूले जीम्नीको वास्तविक क्षमता पत्ता लगाउ सकुन भन्ने उद्देश्यका साथ स ो राईड सम्पन्न भएको कम्पनीले बताए। बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो ।
बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जीम्नीको ५ दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वो भरी नै जीम्नी एउटा लाइफ स्टाईल एसयूभी को रुपमा निकै लोकप्रिय भएको पनि बताए । ९० भन्दा धेरै देशहरुमा लन्च भएको जीम्नी ३०००० भन्दा धेरै युनिट बिक्रि भईसकेको पनि बताए ।
सो राईडमा १० वोटा जीम्नी गाडीले सहभागीता जनाएको थियो। राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित सरस्वोती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो। १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर बिस्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।
राईडमा सहभागि एक जीम्नी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउदै भने, “ रारा फेरि जानु एउटा इच्छा थियो, जीम्नी मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा जीम्नीको क्षमता अनुभव गर्न पाए। यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु राईडरहरु भेट्न पाए, एउटा परिवार जस्तो भयौ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु। “ अर्को जीम्नी ग्राहक आदित्य थापाले भने,“ म सोलो राईड धेरै पटक गएको छु, तर यो कार्यक्रममा अरु जीम्नी ओनर्स संग जानु पाउदा अझै रमाइलो भयो। “ जीम्नी लिएपछि मलाई एकचोटी कर्णाली राजमार्ग जानु इच्छा थियो, यो राईड आयोजना हुदै छ भनि थाहा पाए पछि, ड्रिम कम त्रु फिल भयो,येसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिनु भएकोमा म आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। जीम्नी ग्राहक डा. मुकुन्द जोशीले जोडेका थिए ।
कार्यक्रम बारे बोल्दै, सिजी मोटरकोर्प तथा सीजी एनएक्सटीजीइनका महाप्रबन्धक सिरज पन्तले भन्नु भयो, “अफ रोडिंग जीम्नीको मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाईल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्दछ । यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाहरुलाई आफ्नो जीम्नीको क्षमता महसुस गरुन र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनतीको रुपमा आगाडी बढोस भन्ने हो।




प्रतिक्रिया