१८ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्यो


काठमाण्डु- न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँचजना न्यायाधीशका लागि विज्ञापन प्रकाशित गरिएको छ । महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १र १ जनाका लागि विज्ञापन खुलाइएको परीक्षा महाशाखाले जनाएको छ ।

प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते सञ्चालन हुने छ ।  त्यसैगरी चौथो पत्रको प्रथम खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने परीक्षा महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement