वैकल्पिक ऊर्जाको कार्यकारी निर्देशकमा अधिकारी

वैकल्पिक ऊर्जाको कार्यकारी निर्देशकमा अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुदन अधिकारीलाई नियुक्त गरेको छ।

२१ माघ २१ को मन्त्रिपरिषद बैठकले अधिकारीलाई चार वर्षका लागि कार्यकारी निर्देशमा नियुक्त गरेको हो। यसअघि केन्द्रकाे नेतृत्व कायममुकायम कार्यकारी निर्देशक नवराज ढकालले सम्हालिरहेका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘सर्ट लिस्ट’ गरेका ३ व्यक्तिको नामावलीको आधारमा उच्चतम योग्यताका आधारमा अधिकारी छनोट गरिएको जनाइएको छ। उनी सन् २००६ देखि केन्द्रको सोलार विभागमा कम्पोनेन्ट म्यानेजरको रूपमा सेवा प्रवेश गरेका थिए।

जलविद्युत तथा नवीकरणीय ऊर्जामा देशभित्र करिब २२ वर्ष काम गरेको अनुभव रहेका उनी सन् २०१६ मे देखि उनी म्यानमारमा राष्ट्रिय विद्युतीकरण आयोजनाको अन्तर्राष्ट्रिय सल्लाहकारका रूपमा कार्यरत थिए । अघिकारीले यसअघि नेपालस्थित एसियाली विकास बैंक (एडिबी), विश्व बैंकलगायत विकास साझेदार निकायमा काम गरेका थिए ।