आफन्तबाटै असुरक्षित महिला


काठमाडौं – प्रहरीले तयार गरेको एक तथ्यांकले नेपाली महिला घरभित्रकै सदस्य र चिनजानका आफन्तहरूबाटै असुरक्षित रहेको देखाएको छ । प्रहरीले चालू आर्थिक वर्षका घटनालाई आधार बनाएर पीडित र पीडकको नाताको आधारमा निकालेको तथ्यांकले जबर्जस्ती करणीका धेरैजसो घटना घरभित्रकै सदस्य र चिनजानका व्यक्तिहरूबाटै हुने गरेको देखाएको हो ।

तथ्यांकले हजुरबुबा, बुबा, झड्केलो बुबा, ससुरा, आमा र छोराबीच नै करणीका घटना भएको देखाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले सामाजिक सञ्जालको गलत प्रभाव, मूल्य–मान्यता, धर्म र संस्कृतिमाथिको प्रहार, यौनसम्बन्धी छाडापन तथा यौन तृष्णा र भोग जगाउने साधनको प्रयोगका कारण नाताभित्रै समेत करणीका घटना बढेको बताए ।

‘सामाजिक सञ्जालको गलत प्रभाव, मूल्य–मान्यता, धर्म तथा संस्कृतिमाथिको प्रहार, यौनसम्बन्धी छाडापन तथा यौन तृष्णा र भोग जगाउने साधनको प्रयोगका कारण नाताभित्रै समेत करणीका घटना बढेको हो,’ प्रवक्ता पोखरेलले राजधानीसँग भने । समाजशास्त्री बिन्दु पोखरेलले भने विगतदेखि नै महिलामाथि हुने गरेको थिचोमिचो र अन्यायका कारण यस्ता घटना हुने गरेको बताइन् ।राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement