एएफसी यू-२० महिला एशियन कप छनोट : नेपाल र उत्तर कोरिया खेल्दै, नेपाललाई जित्नै पर्ने दबाब

एएफसी यू-२० महिला एशियन कप छनोट : नेपाल र उत्तर कोरिया खेल्दै, नेपाललाई जित्नै पर्ने दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एएफसी महिला २० वर्षमुनिको एशियन कपको छनोटमा आइतबार नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग खेल्दैछ । खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।

एशियन कपमा पुग्न नेपालले उत्तर कोरियालाई हराउनुपर्ने भएको छ । यसअघि शुक्रवार भएको समूह एको दोस्रो खेलमा नेपालले साउदी अरबलाई एक गोलले हराउँदा उत्तर कोरियाले भुटानलाई १० गोलले हराएको थियो । योसँगै शीर्ष स्थानको उत्तर कोरियाले दुई खेलबाट छ अङ्क पुर्‍याएको छ ।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० ले पराजित गरेको थियो । तर नेपालले भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो । नेपालको दुई खेलमा चार अङ्क छ । यो खेलले समूह एबाट एशियन कप खेल्ने टोलीको टुङ्गो लाग्ने छ ।

३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।