एएफसी महिला च्याम्पियनसिपमा आज एपीएफ र सबाह भिड्दै

एएफसी महिला च्याम्पियनसिपमा आज एपीएफ र सबाह भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-मलेसियामा जारी एएफसी महिला च्याम्पियनसिपअन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा आज नेपाल एपीएफ फुटबल क्लब र घरेलु टोली सबाह भिड्दै छन् ।

मलेसियाको लिकास स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा उज्वेकिस्तानको पीएफसी नसाफसँग १–० ले पराजित एपीएफ आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ ।

नेपालबाट एएफसी महिला च्याम्पियनसिप खेल्ने एपीएफ पहिलो टोली हो । एपीएफ महिला लिग च्याम्पियनको हैसियतमा च्याम्पियनसिप खेलेको हो ।

एपीएफ नेपालको महिला लिग च्याम्पियनसिप विजेताको हैसियतमा च्याम्पियनसिपमा सहभागी भएको हो । च्याम्पियनसिपमा २२ राष्ट्रका क्लब सहभागी हुनेछन् ।

च्याम्पियनसिपमा सन् २०२४ को फिफा वरीयतामा शीर्ष ८ मा रहेका राष्ट्रका क्लबले सिधै समूह चरणमा स्थान बनाइसकेका छन् । बाँकी १४ देशका क्लबले भने समूह चरणमा स्थान बनाउन प्रारम्भिक चरण पार गर्नुपर्नेछ ।

१४ मुलुकका क्लबलाई ४ समूहमा विभाजन गरिएको छ । चार समूहका विजेता च्याम्पियनसिपको समूह चरणमा प्रवेश गर्ने छन् ।