एजेन्सी – तालिबानले शुक्रबार नयां सरकारको घोषणा गर्दैछ । तालिबानका एक वरिष्ठ सदस्यले तालिबानका सर्वोच्च नेता मुल्ला हेबतुल्ला अखुंदजादालाई अफगानिस्तानको सर्वोच्च नेता बनाउन लागेको खुलासा गरेका छन् ।
तालिबानका सूचना एवं संस्कृति आयोगका वरिष्ठ अधिकारी मुफ्ती इनामुल्ला समांगनीले बुधवार नयां सरकार बनाउनको लागी छलफल अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । उनले तीन दिनभित्र नयां सरकारको घोषणा हुने बताएका छन् ।
तालिबानले नयां मन्त्रिमण्डलको घोषणा शुक्रवार गर्ने सम्भावना धेरै छ । जसमा महिलालाई समेत सामिल गर्ने तयारी भएको बताइएको छ । नयां बन्ने सरकारमा पूर्व राष्ट्रपति हामिद कारजाईलाई भने सहभागी नगराउने निश्चित भएको छ ।
तालिबानले इरानकै जस्तो शासन व्यवस्था लागु गर्ने तयारी गरेको छ । इरानमा जस्तै अफगानिस्तानमा ६० वर्षीय मुल्ला सर्वोच्च नेता बन्नेछन् । यो व्यवस्थाअनुसार उनलाई राजनीतिक एवंम् धार्मिक प्राधिकार मिल्नेछ । मुल्लालाई राष्ट्रपतिभन्दा माथी राखिनेछ भने देशको सेना,सरकार तथा न्याय व्यवस्थाको प्रमुखको नियुक्तीको अधिकार समेत सर्वोच्च नेतालाई हुनेछ ।
उनले देशको राजनीतिक,धार्मिक एवंम् सैन्य मामिलाको अन्तिम निर्णय लिनेछन् । मुल्ला तालिबानकासर्वोच्च धार्मिक नेता हुन । उनि पछिल्लो १५ वर्षदेखी बलूचिस्तान प्रान्तको कचलाक क्षेत्रमा अवस्थित एक मस्जिदमा कार्यरत छन् ।
अफगानिस्तानमा नयां सरकारको संरचनाअनुसार गर्भनर प्रान्तको प्रमुख हुनेछन भने जिल्ला गर्भनर जिल्लाको प्रभारी हुनेछन् ।
तालिबानले यसभन्दा पहिले नै प्रान्त र जिल्लाका गर्भनर र प्रहरी प्रमुखको नियुक्ती गरिसकेको छ । अफगानिस्तानको नयां प्रणालीको नाम, राष्ट्रीय झण्डा र राष्ट्रगानको निर्णय पनि चांडै लिने तयारी छ । तालिबानको नयां सरकारमा पछिल्लो २० वर्ष पूर्ववर्ती सरकारमा सामेल भएकालाई भने कुनै जिम्मेवारी दिइने छैन । मुल्ला अखुंदजादा कान्दाहारबाट सरकारको काम कार्वाही हेर्नेछन् ।
अफ्गानिस्तानको कार्यकारी राष्ट्रपतिमा भने तालिबानका सह संस्थापक एवंम् दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्लाह अब्दुल गनी बरादरलाई जिम्मेवारी दिईने तयारी छ ।
तालिबानले २६ सदस्यिय मन्त्रिमण्डल बनाउने तयारी गरेको छ । तालिबानका प्रवक्ताले सरकारलाई समावेशी बनाउने दावी गरेका छन् । तालिबानका संस्थापक मुल्लाह ओमारका छोरा एवंम सैन्य गतिविधिका प्रमुख मुल्लाह मुहम्मद याकूवल अफगानिस्तानको नयां प्रधानमन्त्री बन्ने सम्भावना छ भने हक्कानी संजालका प्रमुख सिराजुद्दीन हक्कानी रक्षामन्त्री बन्नेछन् ।




प्रतिक्रिया