अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ५ सय बढी घाइते

अफगानिस्तान भूकम्पमा मृत्यु हुनेको संख्या २५० नाघ्यो, ५ सय बढी घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि २५० जना भन्दा बढीको मृत्यु भएको छ ।

पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर अन्य ५ सय बढी घाइते भएका छन् ।

घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको एनबीसी न्यूजले जनाएको छ ।

स्थानीय समय अनुसार आइतवार राती १२ बजेर ४७ मिनेट जाँदा गएको भूकम्पको केन्द्रबिन्दु देशको पाँचौं ठूलो सहर जलालाबादबाट २७ किलोमिटर पर रहेको बताइएको छ।

दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको बताएका छन्। मारिएकाहरूको सङ्ख्या बढ्न सक्ने गरिएको छ।

तालिबान अधिकारीहरूले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्।

धेरैजसो भूकम्पको क्षति कुनार प्रान्तमा भएको ठानिएको छ जसको झण्डै ९० प्रतिशत भूभाग पहाडी छ।