अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि


एजेन्सी – अफगानिस्तानमा बेरोजगारहरुको सङ्ख्यामा अत्यधिक बृद्धि भएको पाइएको छ । तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेर शासन सञ्चालन गर्न थालेपछि बेरोजगारहरुको सङ्ख्यामा बृद्धि भएको हो ।

त्यसैगरी रोजगारी भएकाहरुले पनि लामो समयदेखि मासिक तलव तथा अन्य सेवा सुविधाहरु नपाएको गुनासो गरेका छन् । अफ्गान सेनामा कार्यरत अक्रामुद्धीनले पछिल्लो सात महिनादेखि आफुले नियमित तलव नपाएको बताए ।

तालिवान विद्रोहीहरुले सत्ता कब्जा गर्नु अगाडीदेखि नै देशको ढुकुटीमा आर्थिक संकट परेकाले सेनाका कर्मचारीलाई समेत तलव पनि खुवाउन नसक्ने अवस्था आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement