अफगानिस्तान विश्व समुदायसँग सकारात्मक सम्बन्ध चाहन्छ : हिबतुल्लाह


एजेन्सी – अफगानिस्तानको तालिवान सरकारका नेता मौलवी हिबतुल्लाह अखुन्दजादाले अन्तर्राष्ट्रिय समुदायसँग रचनात्मक सम्बन्ध र सकारात्मक सम्बन्धका लागि आह्वान गरेका छन्।

“अफगानिस्तानले इस्लामी सिद्धान्तको ढाँचाभित्र पारस्परिक लाभमा आधारित छिमेकी राष्ट्रहरू, इस्लामी देशहरू र अन्तर्राष्ट्रिय समुदायसँग रचनात्मक संलग्नता र सकारात्मक सम्बन्ध चाहेको छ,” हिबतुल्लाहले इद अल–फित्रको पूर्वसन्ध्यामा मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको अवसरमा आफ्नो सन्देशमा भने।

प्रशासनका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले आफ्नो ट्वीटर अकाउन्टमा पोस्ट गरेको सन्देशमा तालिबान नेताको सन्देशमा भनिएको छ, “अफगानिस्तान कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न चाहँदैन र अरुबाट पनि त्यस्तै अपेक्षा गर्दछ ।”

हिबतुल्लाहले शिक्षा क्षेत्रमा सरकारले शिक्षाको थप विकासका लागि योजना बनाइरहेको बताए । आफ्नो प्रशासनले हासिल गरेका उपलब्धिको गणना गर्दै उहाँले तालिवान सरकारले अफगानिस्तानमा युद्ध अन्त्य गरेको, शान्ति कायम गरेको, अफिम खेती, लागूऔषध प्रशोधन र त्यसको ओसारपसारमा प्रतिबन्ध लगाएको, हजारौं लागुऔषध दुव्र्यसनी र भिखारीलाई पक्राउ गरेको, मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको, नातावादको अन्त्य गरेको र सरकारी कर्मचारी भर्नामा योग्यतालाई बढावा दिएको बताए ।

उनले न्याय सुनिश्चित गर्न, अर्थतन्त्रको विकास गर्न र अफगानिस्तानमा शान्ति र सुरक्षालाई थप स्थिर बनाउन पनि आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement