काठमाण्डु – विद्रोही संगठन तालिबानले आफुहरु अफगानी नागरिकको सेवक भएको बताएको छ ।
बीबीसीका संवाददाता यालदा हकिमसँगको कुराकानीमा तालिवानका प्रवक्ता सुहैल शाहीनले काबुलका कतिपय इलाकामा चोरी र लुटपाट भएको सूचना आएको भन्दै शान्ति सुरक्षा कायम गर्न आफ्ना लडाकु परिचालन गरिएको जनाएको बताएका हुन् ।
उनले अफगानिस्तान र खासगरी काबुलका नागरिकसँग कुनै बदला नलिने बताए । ‘हामी अफगानिस्तानका वासिन्दा खासगरी काबुलका नागरिकलाई यो विश्वास दिलाउन चाहन्छौं कि उनीहरुको ज्यान र सम्पत्ति सुरक्षित रहन्छ । कसैसँग पनि बदला लिने छैनौं ।’




प्रतिक्रिया