काठमाण्डु – सरकारले अफगानिस्तान पठाएका श्रमिकहरुको विवरण बुझाउन मेनपावर कम्पनीलाई निर्देशन दिएको छ ।
वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई टेलिफोन गरेर अफगानिस्तान गएका सबै श्रमिकहरुको विवरण सोमबारसम्म बुझाउन निर्देशन दिएको हो ।
२०७७ वैशाख १ गतेदेखि चैत सम्ममा ८५१ जना र चालु वर्षमा ३ सय ३० जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर अफगानिस्तान रोजगारीका लागि पुगेको विभागको तथ्यांक छ ।
त्यसअघि गएका र अझै नफर्किएका श्रमिक भए त्यो पनि विवरण बुझाउन विभागले भनेको छ । हाल अफगानिस्तानमा झण्डै ६ हजार नेपाली रहेको बुझिएको छ ।




प्रतिक्रिया