तालिबानले भन्यो : अफगानि सैनिकसँग युद्ध गर्न चाहदैनौं

तालिबानले भन्यो : अफगानि सैनिकसँग युद्ध गर्न चाहदैनौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तालिबानले अफगानिस्तानी सैनिकसँग युद्ध गर्न नचाहेको बताएको छ । तर, उनीहरुले आत्मसमर्पण गरेको हेर्न चाहेको बताएको छ । साथै तालिबानले टर्कीलाई पनि अफगानिस्तानमा आफ्नो सैनिक संख्या नबढाउन चेतावनी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

तालिबानले अफगानिस्तानको अधिकांश क्षेत्रलाई आफ्नो कब्जामा लिइसकेको छ । विदेशी सैनिक फिर्ता जान थालेसँगै तालिबानको नियन्त्रण अफगानिस्तानमा तीव्र रुपमा बढेको छ । अफगानिस्तानमा अब केही सहर मात्र अफगानी सेनाको नियन्त्रणमा बाँकी रहेको छ । अब यी क्षेत्रमा आवश्यक सामग्रीहरु केवल हवाईजहाजबाट पठाउनुपर्ने अवस्था आएको छ ।

तालिबानका प्रवक्ता आमिर खान मुत्ताकीले भनेका छन्, ‘अब युद्ध पहाडी र विकट क्षेत्रबाट बहरी क्षेत्रसम्म आइपुगेको छ । यद्यपि मुजाहिद्दिन (तालिबानका लडाकु) शहरभित्र युद्ध गर्न चाहँदैनन् । त्यसैले राम्रो यो हुन्छ कि वार्ताको कुनै माध्यम बनाइयोस् ताकि शहरलाई नोक्सानीबाट बचाउन सकियोस् ।’