अफगानिस्तानमा सेनाको आक्रमणबाट २४ तालिवान लडाकू मारिए

अफगानिस्तानमा सेनाको आक्रमणबाट २४ तालिवान लडाकू मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानी सेनाको कारबाहीमा उरुग्जान प्रान्तमा कम्तीमा २४ जना तालिबान लडाकू मारिएका छन्। सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट अरु १७ जना लडाकू घाइते भएका छन्। सेनाका प्रवक्ता सेलाबले एक विज्ञप्ति प्रकाशन गरी गोप्य सूचनाका आधारमा सेनाले कारबाही प्रहार गरेको बताए।

तर वक्तव्यमा उक्त क्षेप्यास्त्र अफगान सेनाले गरेको हो वा नेटो आबद्ध सेनाले गरेको हो भन्ने केही खुलाइएको छैन। सिन्ह्वाका अनुसार आक्रमणबाट हातहतियार र विस्फोटक पदार्थ पनि नष्ट भएको छ। मुलुकका ३४ मध्ये २० वटा प्रान्तमा गत अप्रिलदेखि भिषण आक्रमण–प्रत्याक्रमण जारी छ।

अफगान युद्धको शान्तिपूर्ण समाधान खोज्न कतारमा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच वार्ता जारी रहे पनि अफगानिस्तानभित्र युद्ध भने निरन्तर चलिरहेको छ।